‘ऊर्जा मन्त्रीज्यू तीनवटा पोल चाहियो’

काठमाडौँ, भदौ १० । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले केही हप्ता पहिलेबाट टेलिफोनमा सेवा ग्राहिका गुनासा सुन्न थालेका छन् ।

सेवाग्राहीका गुनासा सुनेपछि मन्त्री पुनले सम्बोधनका लागि तत्कालै मातहतका कार्यालयलाई निर्देशन पनि दिन्छन् ।

मन्त्री पुनलाई साना तिना गुनासो समेत आइपुग्ने गरेका छन् । यस्तै प्राधिकरणको लापरबाही र अरु समस्या पनि सेवाग्राहीले टिपाउन थालेका छन् ।

ऊर्जा मन्त्रालयका अनुसार यो साता मन्त्रीलाई भोजपुरबाट भेषराजले गुनासो गरे, ‘२०६४ सालमा पोल गाडेको हालसम्म बिजुली पुगेको छैन ३/४ किलोमिटर तार तान्नु पर्नेछ ।’

विर्तामोड २ चारपाने झापाका दिवाकर शिवाकोटीले ३ वटा पोल आवश्यक परेको बताएका छन् ।

यस्तै वैदेशिक रोजगारमा गएका युवाको लागी जलविद्युतमा लागानी गर्ने अवसर माग गर्दै पनि मन्त्री पुनलाई फोन गरेका छन् । यस्तै विद्युत आउने जाने भइरहने थप विस्तारका लागि र भोल्टेजको समस्या समाधान गर्न पनि माग गरेका छन् ।

सेवा ग्राहीका गुनासो सम्भव भएसम्म तत्कालै सम्बोधन गर्ने मन्त्री पुनले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =