यस्ता छन् कागतीका फाईदाहरु:

कागतीले स्वास्थ्यमा निकै फाईदा पुर्याइ रहेको हुन्छ । यसलाई विभिन्न औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसबाट विभिन्न प्रकारका सौन्दर्य सामाग्रीहरु पनि बनाईन्छ । यो अन्य थुप्रै काममा प्रयोग गरिन्छ । यो स्वास्थ्यको लागि निकै लाभदायक वस्तु हो । कागती धरै काममा उपयोग हुन्छ । विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मको काम गर्छ ।

मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पाइन्छ । यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ निकै कममात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरीमात्र पाइन्छ । यतिमात्र होइन, कागतीको बोक्रा फाइबर, एन्टीअक्सिडेन्टजस्ता तत्वले भरपूर हुन्छ । यसबाट हुने फाईदाहरु निम्न प्रकार छ :

स्वास्थ्यमा हुने फाइदा

मुटु रोगबाट रोकथाम गर्छ कागतीमा पाइने घुलनशिल फाइबर र लिमोनिनले रक्तचाप घटाउन मद्धत गर्छ । यसले रक्त धमनीको सूजनबाट बचाई मुटु रोग लाग्न दिँदैंन। यसमा पाइने पोटासियम र म्याग्नेसियमले रक्त सन्चारमा सुधार गर्छ र मुटुको समग्र स्वास्थ्यमा वृद्धि गर्छ ।

स्ट्रोक हुन दिँदैंन :कागतीको रस र बोक्रामा पाइने भिटामिन सीले स्ट्रोकको खतरा कम गर्छ, विशेष गरी महिलाका लागि यो उपयोगी हुन्छ । मुटुको धमनीमा बोसो जम्न नदिई कोरोनरी मुटु रोग लाग्न दिँदैंन ।

कोलेस्टेरोल कम गर्छ : कागतीमा पाइने फ्लाभोनोइड हेस्पेरिडिनले खराब कोलेस्टेरोल र ट्राइग्लिसेरिड काम गर्न मद्धत गर्छ ।

क्यान्सर लाग्न दिँदैंन :कागतीमा पाइने एन्टीअक्सिडेन्टसहितका फोटोकेमिकल्सहरु जस्तै फ्लाभोनोइड, फ्लाभोन्स, ट्रिटर्पेनोइड र लाइमोनोइडमा क्यान्सरसँग लड्ने क्षमता हुन्छन् । यी तत्वले कोलोन, स्तन, प्रोस्टेट, प्याङक्रियाटिक, पेट, फोक्सो, मिर्गौला र रक्त क्यान्सरका कोषहरु बढ्नबाट रोक्छ ।

तौल नियन्त्रण गर्छ :कागतीमा पाइने विशेष खालको तेलले तौल घटाउनुका साथै खानाको उपभोग नियन्त्रण गर्छ । साइट्रिक एसिड चिल्लो हटाउने उत्कृष्ट तत्व हो । तातो पानीमा एउटा कागतीको रस हालेर नियमित रुपमा पिउने हो भने एकसाताभित्रै सकारात्मक परिणाम पाउन सकिन्छ ।

रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ :यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गरी मलेरिया, डाइरिया, निमोनियाजस्ता रोगको संक्रमण हुन दिँदैंन । यसमा पाइने भिटामिन सीले रुघाखोकी, ज्वरो आउन दिँदैंन ।

किड्नी स्टोनबाट बचाउँछ :कागतीको ताजा जुसले किड्नी स्टोन हुन दिँदैंन र भएको पनि हटाउन मद्धत गर्छ । एक अध्ययनमा लगातार ४ वर्ष कागती सेवनले मिर्गौलाको पत्थरी घटाएको पाइएको थियो ।

छाला स्वास्थ्यका लागि उपयोगी  :यसमा पाइने स्वस्थ एसिडले छालाका मृत कोष हटाउने काम गर्छ । यसले कोलाजेन निर्माण गर्छ, चाउरी पर्न दिँदैंन समग्र रुप सुन्दर बनाउने काम गर्छ । साथै, डण्डीफोर, दाग हटाउँछ । घाम, धूलो र प्रदूषका कारण हुने छालाको क्षति हुनबाट जोगाउँछ ।

यसका साथै कागतीले हुने अन्य फाइदा :
कब्जियत नियन्त्रण गर्छ
मधुमेह नियन्त्रण गर्छ
पेप्टिक अल्सर निको पार्छ
श्वासप्रश्वासको समस्या निको पार्छ
बाथको उपचारमा सहयोगी
आँखाको समस्या निको पार्छ
ज्वरो घटाउँछ
युरिक एसिडको उपचार गर्छ
पायल्सको उपचार गर्छ
झाडापखाला रोक्छ
पिसाब नियमित गर्छ
कपालको सौन्दर्यमा उपयोगी
महिला स्वास्थ्य राम्रो बनाउँछ

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =