बुधबारदेखि सबै सवारी साधनमा जोर–बिजोर प्रणाली, दुई दिन बिजोर नम्बर


“
काठमाडौँ, भदौ १० । सरकारले भदौ १४ र १५ मा नेपालमा हुने बिमस्टेकको चौथो शिखर सम्मेलनलाई सहज बनाउन उपत्यकाका सबै सवारी साधनमा १३, १४ र १५ गते जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय गरेको छ ।
आगामी बुधबार र शुक्रबार काठमाडौं उपत्यकामा विजोर नम्बरका सवारी मात्र गुडाउन पाइनेछ भने शनिबार जोर नम्बरमा गुडाउन पाइनेछ ।
१३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक विजोर अर्थात १,३,५,७ र ९ भएका सवारी साधनहरू सञ्चालन गर्न पाइनेछ ।
१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक विजोर अर्थात ०,२,४,६ र ८ भएका सवारी साधनहरू सञ्चालन गर्न पाइनेछ ।
बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनका पाहुनाहरुको आगमन व्यवस्थापनलाई मध्यनजर गर्दै जाम न्युन पार्न सरकारले जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने भएको हो ।
बिमस्टेकका सदस्य राष्ट्रका विशिष्ट पाहुनाको आवागमनलाई सहज बनाउन सरकारले काठमाडौंमा भदौ १३ देखि १५ सम्म जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने योजना बनाएको हो ।
जोर बिजोर नम्बर छनोट गर्दा अहिले सडकमा गुडिरहेका भन्दा आधा सवारी साधन कम हुनेछन् जसले काठमाडौँको अध्यधिक सवारीचाप घटाउन सहज बनाउनेछ ।
“
