विजुलीको पोल ढल्ने अवस्थामा समेत कर्मचारीले वास्ता नगरेपछि….

चन्द्रनिगाहपुर,११ साउन । नेपाल विद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीका कारण चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानका पोल ढल्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले बताएका छन् । चन्द्रपुर नगरपालिका वडा नं ८ घोडिदेबी मन्दिर अगाडीको मोडको बाटोबाट मरधर जाने बाटोमा रहेका तीन वटा बिजुलीको पोल ढल्ने अवस्थामा पुग्दा समेत कर्मचारीले वास्ता नगरेको स्थानीय बासिन्दाको भनाई रहेको छ ।

ठुला सवारी साधान हिडदा कुनबेला पोल ढलेर गाउलेको ज्यान नै जाने हो भन्ने डर रहेको स्थानीय बासिन्दा उमेश फुयालले बताउनु भयो । पटक पटक स्थानीय बासिन्दाले सो बिषयमा नेपाल बिद्युत प्राधिकरणको चन्द्रनिगाहपुर स्थित कार्यालयमा जानकारी दिदा समेत कुनै वास्ता नभएको स्थानीयको भनाई रहेको छ ।

विजुलीको पोल ढलेर लडने अवस्थामा पुग्दा समेत प्राधिकरणका कर्मचारीले गएर पोल हेरेर मात्र फर्कने गरेको स्थानीयको भनाई रहेको छ । सो स्थानमा मात्र नभएर चन्द्रपुर नगरका विभिन्न स्थानमा ढल्ने अवस्थामा रहेका पोलको कारण स्थानीय बासिन्दा त्रसित रहेका छन् । नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर यस्तो गम्भिर बिषयमा कुनै चासो नदिएको गुनासो तिब्र रुपमा बढदै जान थालेको छ ।

तराई एक्सप्रेस दैनिकमा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *