फेरि लगाईयो हटाईएको कर्फ्यु महेन्द्रनगरमा


“
कञ्चनपुर, भदौ १० । कञ्चनपुरमा पाँच घण्टाका लागि हटाईएको कर्फ्यु फेरि लगाईएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि हटाईएको कर्फ्यु फेरि लगाईएको हो । दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको थियो ।
पाँच घण्टाका लागि कर्फ्यु हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ । निर्मला पन्तको बलात्कार र हत्यापछि चर्किएको विरोध नियन्त्रण गर्न कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश पाँच घन्टा हटाएर फेरी लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाएको कर्फ्यु जनै पूर्णिमालाई लक्षित गरी विहान ५ बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि हटाइएको थियो । भीमदत्त नगरपालिका ४, ६ र १८ नम्बरमा कर्फ्यु आदेश जारी गरिएको हो । १० बजेपछि लगाइएको कफ्र्यू अर्को आदेश नभएसम्मका लागि जारी गरिएको छ ।
शनिबार भएको सर्वपक्षीय बैठकले जनैपूर्णिमाका लागि कर्फ्यु हटाउन सुझाव दिएकाले सुरक्षा समितिको बैठकले पाँच घण्टाका लागि कफ्र्यू हटाएको थियो । प्रदर्शनका क्रममा हिंसा भड्किएपछि शान्ति सुरक्षा कायम गराउन स्थानीय प्रशासनले शुक्रबार बेलुका ८ बजेबाट अर्को आदेश नभएसम्मका लागि भन्दै कफ्र्यू आदेश जारी गरेको थियो ।
“
