रौतहट: बेपत्ता मध्ये दुईको शव फेला, बाँकीको खोजी जारी

२०७४ जेठ १५ गते

“
रौतहट, भदौ १० । रौतहटको लाबकैया नदीमा भएको डुंगा दुर्घटनामा परी बेपत्ता भएका मध्ये दुईजनाको शव फेला परेको छ । शनिबार भएको दुर्घटनमा बेपत्ता भएका मध्ये रौतहटको ईशनाथ नगरपालिका ३ की ४२ वर्षीया रुनादेवि कुर्मीको शव आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अर्को एउटा शवको पहिचन खुलेको छैन । अन्य तीन जना बेपत्ता भएको आशंकामा प्रहरी, सेना र स्थानीयले खोजीकार्य जारी राखेका छन् । अन्य २१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय बन्जरा घाटबाट गौर नगरपालिका वडा नम्बर ४ स्थित तिकुलिया घाटतर्फ यात्रु बोकेर आउँदै गरेको सो डुंगा दुर्घटनामा परेको हो । शनिबार साँझ साढे ७ बजेतिर सो घटना भएको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित