तरुण दलले गर्याे अत्याधिक कर बृद्धिको विरोधमा वृहत कोणसभा (फोटो फिचरसहित)

धरान, भदौ ९ । धरान उप महानगरपालिकाले स्थानीय सरकारले अत्याधिक करको दायरा बृद्धि गरेको भन्दै आज यहाँको छाताचोकदेखि भानुचोकसम्म विरोध प्रदर्शन गरेको छ । नेपाल तरुण दल सुनसरी क्षेत्र नम्बर १ र उपमहानगरपालिका नगरक कमिटि तरुण दलको संयोजकत्वमा विरोध तथा प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ का सभापति गणेश लिम्बुले सरकारले व्यापारी र जनताको ढाड सेक्ने काम गरिरहेको बताए । ‘सरकारको यो कदम निन्दनीय छ’ उनले भने ।

जिल्ला उपाध्यक्ष सन्तोष विकले आफ्नो दलले सधैं जनताको पक्षमा उभ्भिएर काम गर्ने प्रधानमन्त्री केपी ओलीको राजीनामाको माग  समेत राखेका छन् । सभामा नगर सभापति हिमाल श्रेष्ठ र क्षेत्रीय सचिव रोजन रनपैलीले सरकारले जनताको दुई तिहाइ मत पाएर जनताकै विरुद्धमा काम गरेको बताए ।

संघियताको मतलब केन्द्रमा रहेको अधिकारहरुको सहजरुपमा स्थानीय तह सम्मको प्रत्यायोजन हो जनतालाई घरदैलोमा अधिकतम सेवा सुविधा दिएर विकास सम्वृद्धिको आकांक्षा पूरा गर्नु रहेको भन्दै सहभागीहरुले चर्काे नाराबाजी गरेका थिए । उनीहरुले विकास र सम्वृद्धिका सपना देखाएर पदमा पुग्नासाथ आफ्ना सेवा सुविधा वृद्धि गर्ने र जनताको ढाड भाँचिने गरि चर्को कर वृद्धि गर्नु अनुदार लोकतन्त्रको अभ्यास भएको गरिरहेको धारणा राखेका थिए ।

‘चर्को कर बृद्धिले सम्वृद्धी र विकास हैन जनताको जीवन स्तर र औद्योगिक व्यापारिक वातावरणमा नकारात्मक असर पार्दछ । करको दर भन्दा दायरा वृद्धि गर्दै उत्पादनमा जोड दिएर आर्थिक सम्वृद्धी ल्याउन सकिन्छ । सामरिक पहुँच नभएको नेपाल दक्षिण एशियामै सबैभन्दा बढी करको दर भएको मुलुकमा दर्ज भएको छ । समय हुँदै अव्यवहारिक करको दर खारेज गरौं लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई करकै कारण नगुमाऔं’, भन्ने वक्ताहरुको भनाई थियो ।

 

                                         तस्बिर : मकालु खबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *