निर्मला हत्या प्रकरण: उग्र बन्दै आन्दोलन, महेन्द्रनगरमा कर्फ्यू जारी

कञ्चनपुर, भदौ ९ । आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हिजो साँझ देखि कर्फ्यू लगाएको छ । भिमदत्त नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए ।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै आन्दोलन चर्किदै गएको छ । सो क्रममा हिजो प्रहरीको गोली लागेर १४ वर्षिय बालक शनी खुनाको मृत्यु भएको छ ।

त्यस्तै अरु ४ जना घाईते भएका छन् । सरकारले जिल्लाका एसपी र सिडिओलाई सरुवा गरेर उच्चस्तरीय छानबिन समिति गठन गरेपनि आन्दोलन रोकिएको छैन । यस्तै महेन्द्रनगरमा अहिले सुरक्षा समितिको बैठक बसिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *