मन्त्रीहरुको भ्रमण भत्तामै ६ लाख खर्च

कर्णाली, भदौ ८ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार कर्णाली प्रदेश सरकारले पाँच महिनाको अवधीमा मुख्यमन्त्री र मन्त्रीहरुको दैनिक भ्रमण भत्तामै ६ लाख रुपैयाँ बढी खर्च गरेको खुलेको छ ।

कार्यालयका अनुसार फागुनदेखि असार मसान्तसम्म मन्त्रीहरुले ६ लाख २ हजार २ सय रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका छन् । सात सदस्यीय मन्त्रीमण्डलमा सबैभन्दा बढी भ्रमण भत्ता भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बुझेको मुख्यमन्त्री कार्यालयको वेभसाइटमा उल्लेख छ । उहाँले एक लाख ४८ हजार २ सय २५ रुपैयाँ बुझेका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक लाख २९ हजार ३ सय, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले ९० हजार ४ सय २५, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ७२ हजार ४ सय २५ र भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीले ६४ हजार ७ सय २५ रुपैयाँ भ्रमण भत्ता बुझेका छन् । सबैभन्दा कम सामाजिक विकास मन्त्री दल रावलले ४ हजार ६ सय रुपैयाँ मात्र बुझेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *