माओवादी केन्द्रका छ मन्त्री

२०७४ जेठ १५ गते

“
काठमाडौँ, ११ साउन । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने छ जना मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्र सचिवालयको आज बसेको बैठकले गिरीराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी र महेन्द्रबहादुर शाहीलाई सरकारमा पठाउने निर्णय गरेको केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
राज्यमन्त्रीका सन्दर्भमा बैठकले कुनै निर्णय नगरेको पनि उहाँले बताउनुभयो । केन्द्रका तर्फबाट यसअघि जेठ २४ गते तीन जनामन्त्री नियुक्त भइसक्नुभएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साह नियुक्त भइसक्नुभएको छ । रासस
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित