सल्यानको बनगाड खोलाले माइक्रो बस बगायो !

सल्यान, भदौ ८ । सल्यानको बनगाड खोलाको बाढीले माइक्रोबस बगाएको छ ।

जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहिबार छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले बगाएको हो ।

बाढीले बगाएर ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको हो । उक्त गाडीका यात्रुहरुले भने हाम फालेर ज्यान जोगाएका छन् ।

उक्त खोलामा निर्माणाधीन पक्की पुल बगाएपछि वर्षायाममा आवतजावत गर्न समस्या पर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *