रिब्दीकोटका सबै वडामा तोकिए सूचना अधिकारी
२०७४ जेठ १५ गते

“
पाल्पा, भाद ८ । रिब्दीकोट गाउँपालिकाको सबै वडामा सूचना अधिकारी तोकिएको छ ।
गाउँपालिका तथा वडाका काम कारबाही तथा गतिविधिबारे जानकारी दिनका लागि कर्मचारीलाई सूचना अधिकारी तोकिएको हो ।
वडा नं १ मा नाप्रास वीरेन्द्र थापा, २ मा वडासहायक हुमबहादुर बरौले, ३ मा वडासहायक गणेश आचार्य, ४ मा सामाजिक परिचालक बिनु गौतमलाई तोकिएको छ भने ५ मा वडासहायक कमलप्रसाद ज्ञवाली, ६ मा नाप्रास सङ्गीता जिसी, ७ मा विष्णु थापा र ८ मा नाप्रास मीना खड्कालाई वडाका सूचना अधिकारी तोकिएको छ ।
कम्प्युटर अपरेटर यक्षमूर्ति न्यौपाने गाउँपालिका कार्यालयको सूचना अधिकारी तोकिएको प्रशासकीय अधिकृत अनिल पौडेलले बताए ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








