एसिया कप: नेपालले आज दोस्रो अभ्यास खेल खेल्ने

काठमाडौं, भदौ ८ । एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ ।

मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसियाकपको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेल खेल्न लागेको हो । पहिलो अभ्यास खेलमाजित निकालेको नेपालले आज ब्लुमफिल्ड क्लबसंग उसैको मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछन् ।

खेल नेपाली समय अनुसार १०ः१५मा सुरु हुनेछ । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *