अनेकाैं रूपमा यसरी प्रस्तुत भए गायक प्रेम अर्याल (भिडियाेसहित)

काठमाडाैं, भदाै ८ ।  लाेकदाेहाेरी गायक प्रेम अर्याल र रविन लामिछानेले गाईजात्रा पर्वलाई लक्षित गरि हास्य व्यंग्य तरिकाले तयार पारेकाे ‘दुई तिहाई सरकार’ बजारमा अाएकाे छ ।

रबिन लामिछानेको शब्द रहेको ‘दुई तिहाई सरकार’ गाइजात्रा म्युजिक स्टार नेपालले बजारमा ल्याएको हाे ।  नेता देखि सर्वसाधारण सम्मलाई चोटिलो व्यंग्य प्रहार गरिएको प्रसतुतीलाई रामजी प्रसाद पन्तले निर्देशन तथा बिरेन्द्र भाटले छायाँकन गरेका छन् ।

गायक लामिछाने र अर्याललाई गितमा गायिका ऋतिका  कुँवरले साथ दिएकी छिन् ।  नेपाली राजनीतिका साथै विभिन्न सामाजिक विकृतिलाई व्यंग्य गर्दै गायक अर्यालले नेपालको फरक संस्कृतीमा रहेका भेषभुषालाई समेत प्रस्तुत गर्ने प्रयास गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *