नबिन पाैडेलकाे ‘कस्तो आयो जमाना’ बजारमा (भिडियाेसहित)

“
काठमाडाैं, भदाै ८ । लाेकदाेहाेरी गायक नबिन पाैडेलकाे ‘कस्तो आयो जमाना’ बजारमा अाएकाे छ । एकपछि अर्काे चर्चित गीत बजारमा ल्याउदै श्राेता, दर्सककाे मन जित्न सफल गायक पाैडेलकाे यसपालीकाे तीज गीत ‘कस्ताे अायाे जमाना’ भिडियाेसहित बजारमा अाएकाे हाे ।
समाजको वास्तविक धरातललाई गित मार्फत पस्केर सबैको मन मस्तिस्कमा राज गर्न सिपालु पौडेलको तिज गित“कस्तो आयो जमाना” ले गाउँ देखि शहरसम्मका आमा दिदिबैनिलाई छमछमी नचाउन थालिसकेको छ। गीतमा स्वर, संगीत र शब्द नवीन पौडेलको रहेको छ भने गायीकाा कोपिला गौतमले साथ दिएकी छिन् ।
पछिल्लो समय इन्टरनेट प्रविधिमा भैरहेको विकासले समाजलाई पारेको राम्रो पक्ष र असरलाई तिज गित मार्फत छर्लंग यथार्थ चित्रण गरिदिएका छन्। रविन्द्र पन्त र रिना थापा मगरकाे अभिनय रहेकाे गीतमा बिक्रम चौहान निर्देशन रहेककाे छ ।
दम सुवेदीले सम्पादन गरेको गीतलार्इ रक्षा म्यूजिककाे अफिसियल युट्युबमा हेर्न सकिन्छ ।
https://www.youtube.com/watch?v=p6HiCPzEVpM”








