कालिमाटी तरकारी बजारमा बिचौलियाको बिचल्ली, ९८ वटा स्टल खारेज
२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ ७ । सरकारले कालिमाटी तरकारी तथा फलफूल बजारका ९८ वटा स्टल खारेज गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले कालिमाटीमा औपचारिक रुपमा आफूले भाडामा लिएपनि बढी मूल्य लिएर अरुलाई भाडामा दिइएका ९८ वटा स्टल सम्झौता खारेज गर्ने निर्णय गरिएको जानकारी दिए ।
सरकारले उपलब्ध गराएका तरकारी तथा फलफूल बजारका स्टलमा बिचौलियाले चर्को मूल्यमा भाडामा लगाएको खुलेपछि सरकारले खारेजी प्रक्रिया अघि बढाएको हो ।
कालिमाटीमा एउटा स्टल २० हजारमा भाडामा लिएर बिचौलियाले बिक्रेतालाई १ लाख रुपैयाँसम्म बेच्ने गरेको तथ्य फेला परेको मन्त्री यादवको भनाइ छ ।
खारेज प्रक्रियामा गएका स्टलहरु बिचौलियाबाट खोसेर सिधै कृषकलाई दिने तयारी भइरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








