महेन्द्रनगरमा आज साँझ ५ बजेदेखि कर्फ्यू !

लोक देउवा/कञ्चनपुर, भदौ ७ । १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या प्रकरणको विरोधमा कञ्चनपुरमा भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाउने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको सुरक्षा निकायको बैठकले उक्त निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले आज बेलुकी ५ बजे देखि भोली बिहान सम्म कर्फ्यू लगाउने निर्ण भएको बताए।

महेन्द्रनगरमा आज साँझ ५ बजे देखि भोलि बिहान ५ बजे सम्म कर्फ्यू आदेश जारी गरिएको छ भने भोलि बिहान ८ बजे पछि पुनः ५ बजे सम्म कर्फ्यू लाग्ने छ ।

कर्फ्यू कति बजेदेखि लगाउने भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । उनका अनुसार भीमदत्त नगरपालिकाको बजार क्षेत्रमा किनमेलका लागि आएका सर्वसाधारणहरु पनि छन्, उनीहरुलाई आफ्नो गन्तव्यसम्म पुग्न समय दिइएकोले यति नै बजे कर्फ्यू लगाउने भन्ने निर्णय हुन नसकेको हो ।

उनले भने, ‘कर्फ्यू बजार क्षेत्रमा लगाउन लागिएको हो । यात्रु, बटुवाहरुलाई आफ्नो बासस्थानमा त पुग्ने समय दिनु पर्यो भनेर हामीले ४ बजेदेखि कर्फ्यू लगाउने कि ५ बजेदेखि लगाउने भनेर निर्णय गरिसकेका छैनौं । परिस्थिति हेरेर हामी निर्णय लिन्छौं ।’

प्रजिअ खड्काका अनुसार कर्फ्यू आज भीडन्त भएको क्षेत्र आसपास र भीमदत्त बजार आसपासको क्षेत्रमा लगाइने छ ।

उनले थप जनधनको क्षति नहोस् भनेर कर्फ्यू लगाउन लागिएको स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *