कञ्चनपुर तनावग्रस्तः ८ जना घाइते, अनिश्चितकालका लागि कर्फ्यू

कञ्चनपुर, भदौ ७ । कञ्चनपुरमा आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले कर्फ्यू आदेश जारी गरेको हो ।

बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको प्रहरी स्रोतले बताएको छ । यसअघि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर अर्जुन भण्डारी, तेज भट्ट, तिर्थ पनेरु, मनोज बुढा, किरन पाण्डे, सन्तोष कडरिया र प्रहरीका हवल्दार हर्क ब. पाल, जवान महेश भट्ट घाइते भएका छन् भने गम्भीर घाइते भएका अर्जुन भण्डारीको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *