ओली सरकार सफल बनाउन काँग्रेसले साथ दिन्छः सुजाता कोइराला

काठमाडौं, भदौ ७ । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले सरकारलाई सफल बनाउन काँग्रेसले साथ दिने बताएकी छिन् ।

प्रतिनिधिसधाको बैठकको विशेष समयमा बोल्दै उनले दुई तिहाइको सरकार सफल बनाउन काँग्रेसले साथ दिने बताएकी हुन् ।

‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले अहिलेको दुई तिहाइको सरकार सफल भएको हेर्न चाहान्छौ।’ उनले भनिन्, ‘यो सरकार असफल भए प्रजातन्त्र पनि असफल हुन्छ। यो सरकारले समृद्ध नेपाल बनाओस्। कांग्रेसको साथ रहनेछ ।’

कोइरालाले अहिले नेकपाको दुई तिहाइको सरकार भएकोले समाजको उन्नति गर्न सरकारलाई कांग्रेसले साथ दिने बताइन् ।

सरकारले राष्ट्रियताको कुरा गर्दै गर्दा जनताको गाँसबासको पनि ध्यान दिनुपर्ने बताउँदै उनले देश कृषिप्रधान भएकोले कृषिमा पनि ध्यान दिनुपर्ने उल्लेख गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *