नेपाल आइडलका सेकेन्ड रनरअप प्रताप दासको रोदन र आँसु (भिडियोसहित)

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ ७ । नेपालकै पहिलो रियालिटी शो नेपाल आइडलका सेकेन्ड रनरअप गायक प्रताप दासको मार्मिक गीत रोदन र आँशु सार्वजनिक भएको छ ।
सुमधुर स्वरका धनी प्रताप दासको स्वर रहेको गीत ‘रोदन र आँसु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नरेन खड्का, गणेश खड्का, चन्दा ढुंगाना र सन्दिप थापाले दमदार अभिनय गरेका छन् ।
चमन पोखरेलको शब्द तथा संगीत रहेको गीतलाई बिक्रम कार्कीले एरेन्ज गरेका छन् । रमेश थापाको निर्देशमा बनेको यस गीतको भिडियोलाई सम्पादन गर्ने काम भने श्याम थापाले गरेका छन् ।
https://youtu.be/hbjFGQa7tD4″

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित