अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लाग्न सक्ने


“
काठमाडौं, भदौ ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लाग्न सक्ने भएको छ । अमेरिकी अदालतले सन् २०१६ को चुनावी अभियानमा वित्तीयनियमको उल्लघंन गरेको आरोप लगाउँदै ट्रम्पका दुई जना सहयोगीलाई पक्राउ गरेसँगै जेल सजाय तोकेको छ ।
राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी रुपमा भुक्तानी भएको पक्राउ परेका उनका सहयोगीहरुले बयान दिएका छन् । ट्रम्पका कानुनव्यवसायी माइकल कोहेनले चुनावीप्रचारमा रकमको दुरुपयोग भएको स्विकार गर्दै पोर्नस्टार स्टोर्मी ड्यानियल्स र प्लेब्बाय मोडेल कारेन क्याकडगलाई कानुन विपरित चुनावी प्रचारको रकमभुक्तान गरेको बयानमा उल्लेख गरेका छन् ।
कोहेनको यो स्विकारोक्ति पछि राष्ट्रपति ट्रम्पमाथि कानुनी जोखिम बढेको छ । अमेरिकी कानुनी परम्परामा मुद्दा लाग्दैन तर यदि यो अभियोग प्रमाणित भयो भने उनिमाथी महाअभियोग लाग्न सक्नेछ ।
“
