मिल बन्द भएको १४ वर्षमा पनि किसानले भुक्तानी पाएनन्

कैलाली, भदौ ६ । कैलालीको लम्कीचुहा नगरपालीका १० चुहामा अवस्थीत वासुलिंङ्ग सुगर मिल बन्द भएको १४ वर्ष भइसक्यो। मिल बन्द भएको १४ वर्ष वितिसक्दा पनि उखु बेचेका किसानले अझै भुक्तानी पाउन सकेका छैनन ।

मिलका कारखाना ईन्चार्ज देव बहादुर स्वाँरले करिब ८ हजार किसानको पैसा दिन बाँकी रहेको जानकारी दिएका छन् । २०५४ सालमा ५७ विघाह क्षेत्रफल ओगटेको वासुलिंग सुगर मिलको कुल लागत ८५ करोड रहेको छ ।

बासुलिंङ्ग सुगर मिल सञ्चालन भएको एक दशक नबित्दै १० वर्षे सशस्त्र द्धन्द्धकाल २०६१ मा चिनी उत्पादन गर्न बन्द भएको थियो । नेपालकै दोस्रो ठुलो चिनी मिल भएकाले कैलाली कञ्चनपुर , बाँके , बर्दियाका किसानहरु उखु खेतीतर्फ आकर्षित भएका थिए । स्थानीयको आम्दानीको स्तर बढ्दै गइरहेको थियो भने कारखानामा ४ सय जनाले र सिजनमा १ हजार २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

मिलले २४ घण्टामा २५ हजार क्विन्टल चिनि उत्पादन गर्दै आइरहेको थियो । मिल सञ्चालकका कार्यकारी निर्देशक अरुण कुमार चन्दले २०६६ साल देखी मिल सञ्चालनका लागी उखु किसान र स्थानिय राजनितिक दलसँग छलफल गर्दै आइरहेको छ ।

हाल उक्त मिलले रु ३ करोड ५० लाख उखु किसानलाई भुक्तानी दिन बाँकी छ । कृषक समुहका अध्यक्ष हाल वडा नं १० का अध्यक्ष हर्क बहादुर कठरीयाले मिल सञ्चालन हुने आशै आशमा १० वर्ष बितेको बताए । उनले भने ‘मिल सञ्चालनका बेला हामीले भुक्तानी समेत पाएनौं ।’ हर्क बहादुर मात्र नभई अन्य २३ जना कर्मचारी पनि मिल सञ्चालन हुने आश बसिरहेका छन्।

कर्मचारीहरुले १२ वर्षदेखी तलब नपाएको जानकारी दिएका छन् । मिल सञ्चालक अरुण कुमार चन्दले नेपाल सरकारलाई अर्बौं रकम बाँकी रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =