सन्नी लियोनीसँग अनुप विक्रमको रोमान्स !

काठमाडौँ, भदौ ६ । नेपाली चलचित्र पासवर्डमा बलिउडकी चर्चित हट नायिका सन्नी लियोनीले अभिनय गर्ने भएकी छिन् ।

लण्डनमा छायांकन हुने चलचित्र ‘पासवर्ड’का लागि महंगो पारिश्रमिक लिएर सन्नी लियोनीले काम गर्न लागेकी हुन् ।

बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्न लागेको यो चलचित्रमा उनी फाइनल भइसकेकी छिन् । चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा सन्नी लियोनीको साथमा नेपालका केही चर्चित कलाकारहरुले काम गर्नेछन् । चलचित्रमा नायक अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा लगायतको मुख्य भूमिका रहनेछ ।

तर चलचित्रमा सन्नी लियोनीको भूमिका के छ भन्ने निर्माण पक्षले खुलाएका छैनन् । फिल्ममा सन्नी र अनुप विक्रम शाहीको सिनहरु धेरै रहेको जनाइएको छ ।

नेपाली र बलिउड चलचित्र र संकृतीलाई एकसाथ जोड्नका लागि यो चलचित्र निर्माण गर्न लागिएको निर्माणपक्षले बताएको छ । प्राविधिकदेखि चलचित्र खिच्नका लागि प्रयोग हुने सबै सामाग्री भारतदेखि नै लगिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *