प्रशासनमन्त्री लालबाबुले कर्मचारीलाई भने– ‘फाइल कहाँ पुग्यो नभन्नुस्’

काठमाडौँ, भदौ ६ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिन दुई गुणा रात चौगुणा काम गर्न निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७४/२०७५ को वार्षिक प्रगति समिक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आयोजित कार्यक्रममा मन्त्री लालबाबु पण्डितले जनताले अनुभूति हुने किसिमले परिमाण आउने गरी दिन दुई गुणा रात चौगुणा काम गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा उनले भने, “जनताले बुझ्ने भनेको कामको परिमाण हो । दराज कहाँ छ, फाइल कहाँ पुग्यो भन्ने होइन, जुन लक्ष्य हो त्यसको परिमाण ल्याउने गरी दिन दुई गुणा र रात चार गुणाजस्तो परिमाण निकाल्ने गरी काम गर्नुपर्छ ।”

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले गत निर्वाचन र सङ्घीयता कार्यान्वयनको कारणले विकास निर्माणमा अलमल भएको बताउँदै यसै वर्ष कर्मचारी समायोजनको काम सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *