द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीले ‘अष्ट्रेलियन एडमिसन डे’ को आयोजना गर्ने


“
धरान, भदौ ६ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको द नेक्सट एजुकेसन कन्सल्टेन्सीले अष्ट्रेलियन एमिसन डे को आयोजना गर्ने भएको छ ।
विद्यार्थीहरुमा अस्ट्रेलिया अध्ययनबारे बढेको चासो र त्यहाँको शैक्षिक अवस्थाबारे जानकारी गराउने उद्देश्यले द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीले यही भाद्र १९ गते अष्ट्रेलियन एडमिसन डेको आयोजना गर्ने भएको हो ।
कक्षा १२ उत्तीर्ण गरेका तथा व्याचलर, मास्टर गर्न नर्सिङ र इन्जिनियरीङ विषयको पढाइका लागि विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदाहरुद्वारा परामर्श दिनका लागि यस्तो कार्यक्रमको आयोजना गर्न लागेको कन्सल्टेन्सीका डाइरेक्टर प्रकाश लकान्द्रीले बताए ।
कार्यक्रममा विद्यार्थीलाई करियर काउन्सेलिङसँगै ABROAD STUDY का विविध विषयमा परामर्श दिइने छ ।
‘हाम्रो शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र हैन, विद्यार्थीको करियर डेभलपमेन्टमा पनि सहयोग पुर्याउँछ ।’ डाइरेक्टर लकान्द्रीले बताए ।
धरान ९ पुतली लाईन स्थित रहेको सो कन्सल्टेन्सीमै गर्न लागेको अष्ट्रेलियन एडमिसन डेमा १२ भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ, जहाँ विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक आर्थिक, भाषिक योग्यता हेरेर काउन्सेलिङ गर्नेछन् ।
शैक्षिक मेलामा विद्यार्थीले अष्ट्रेलियन शिक्षा, त्यहाँका विश्वविद्यालय, कलेजका बारेमा जानकारी पाउनेछन् भने, IELTS मा कसरी उच्च अंक ल्याउने तथा करियर निर्माणमा कस्ता विषय अध्ययन गर्न सकिन्छ भन्ने परामर्श लिन सक्ने लकान्द्रीले बताए ।
यसका अलावा विद्यार्थीले अष्ट्रेलियाको भिजा प्रक्रिया, लागत, त्यहाँका कलेज तथा विश्वविद्यालयले दिने छात्रवृत्तिका बारेमा पनि विशेष जानकारी हासिल गर्न सक्नेछन् ।
अष्ट्रेलिया जाने विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको सो कन्सल्टेन्सीले काठमाडौं बाहिर चितवन र पूर्वको धरानका विद्यार्थीहरुमा वैदेशिक अध्ययनको क्रेज राम्रै देखिएको जनाएको छ ।
अक्टोवर र जनवरी सेसनका विद्याथीहरुलाई लक्षित गरी सञ्चालन गर्न लागेको सो अस्ट्रेलियन एडमिसन डेमा क्वीन्स फोर्ड, हार्वर कलेज, एकाईलाईन, सिडनी सिटी, ए आई ए, ए आईबीटी ,रेन्सफोर्ड, भाईब लगायतका कलेज तथा एस सी यु र सी कि यु युनिर्भसिटीका सम्बन्धित व्यत्तित्वहरुलाई उपस्थित गराएर परामर्श दिइने लकान्द्रीले जानकारी दिए ।
विद्यार्थीलाई उच्च अध्ययनका सम्भावना, कठिनाइ र भविष्यको स्थायीत्वको विषयमा समेत महत्वपूर्ण सुझाव दिने आफुहरूको चाहना रहेको उनले बताए ।
कतिपय विद्यार्थी नबुझेरै अस्ट्रेलिया जाँदा विभिन्न समस्यामा परेको देखिएकोले त्यहाँको परिस्थिति, पढाइ, वातावरण, र कमाइका बारेमा स्पष्ट जानकारी दिने उद्देश्यले सो एडमिसन डेको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
बिहान ११ बजेदेखी ४ बजे सम्म चल्ने सो कार्यक्रममा करिब ३ सयको हाराहरीमा विद्यार्थीहरुको सहभागीता रहने आयोजक द नेक्स्ट कन्सल्टेन्सीले जनाएको छ । जहाँ अन द स्पट नै विद्यार्थीको डकुमेन्ट हेरी अस्ट्रेलिया का विभिन्न कलेज तथा विश्वविद्यालयमा पढ्न जानेहरुको भर्ना लिइनेछ ।
भर्नाका निम्ति भने कलेजमा करिब १२ लाख र युनिर्भसिटीमा २५ लाख लाग्ने आयोजकले जनाएको छ ।
“
