आजबाट ट्याक्सी चालकलाई ड्रेस अनिवार्य, नलगाए कारबाही

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ ६ । अब ट्याक्सी चालकले पनि ड्रेस अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धारामा विशेष कार्यक्रमको आयोजना गरी टयाक्सी चालकलाई फ्लोरेन्स ज्याकेट अनिवार्य गरेको हो ।
चालकको पहिचानमा एकरुपता ल्याउनका लागि अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
बुधबारदेखि ज्याकेट अनिवार्य गरेतापनि पर्याप्त ड्रेस नभएकाले एक महिनाको समय दिइएको छ । एक महिनाभित्र सबै ट्याक्सी ड्राईभरले ज्याकेट नलगाए कारबाही गरिने प्रहरीले जनाएको छ ।
ज्याकेटको वितरण जिम्मा भने ट्याक्सी व्यवसायी संघले लिएको छ । चालकले संघबाट नै निश्चित शुल्क लिएर ज्याकेट खरिद गर्नु पर्नेछ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित