सञ्चालनमा आएको ६ दिनमै बन्द भयो कलंकी अण्डरपास

काठमाडौँ, भदौ ६ । परिक्षणका लागि सुरु गरिएको कलंकीको अण्डरपास एक हप्ताका लागि बन्द भएको छ । सञ्चालनमा आएको ६ दिनमै कलंकीको अण्डरपास एक हप्ताका लागि गरिएको हो ।

भदौ १ गतेदेखि सञ्चालनमा आएको कलंकी अण्डरपास काम बाँकी रहेकाले एक हप्ताका लागि बुधबार बिहानदेखि बन्द गरिएको हो । निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गरेको हो ।

परिक्षणकै लागि सञ्चालनमा आएको भएतापनि यसले कलंकीमा हुने जामलाई केही हदसम्म नियन्त्रण गरेको थियो । अब एक हप्ताका लागि भने जामको समस्या बल्झिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *