महोत्तरी: इद मनाउन जम्मा भएका मुस्लिम समूदायबीच झडप, १० जना घाइते

२०७४ जेठ १५ गते

“
महोत्तरी, भदौ ६ । इद मनाउन जम्मा भएका मुस्लिम समूदायबीच झडप भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिकाको हदगहा भन्ने स्थानमा इद मनाउन जम्मा भएका मुस्लिम समूदायबीच प्राथना शुरु गर्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडपको स्थितिमा पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
दुई समूहबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जनकपुर लगिएको जनाइएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । अहिले नमाज पढ्ने क्रम चलिरहेकाले नमाज सकिएपछि झडप हुने सक्ने भन्दै प्रहरी परिचालन ब्यापक बनाइएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित