प्रधानमन्त्री बनेपछि दोस्रोपटक अाेली गृह जिल्ला झापामा

झापा, भदौ ६ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा गएका छन । प्रधानमन्त्री बनेपछि उनि दोस्रोपटक त्यहाँ गएका उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए ।
प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्नेछन् । उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओली आजनै काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =