बराहको वार्षिकोत्सवमा सभामुखले भने–‘कानुनी अफ्टेरालाई संसोधन गर्न सकिन्छ’

भाद्र ५, सुनसरी । कानुनी रुपमा अप्ठेरा परेका कानुन संसोधन गर्न सकिने १ नं. प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले बताएका छन् । मंगलबार धरानको बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.को २४ औं वार्षिकोत्सवको उद्घाटन गदै १ नं. प्रदेशको कानुन निर्माणको कार्य निरन्तर अगाडी बढीरहेकाले व्यापार व्यवसाय गर्दा अप्ठेरा परेका कानुन संसोधन गर्न सकिने बताएका हुन् ।

‘अहिले प्रदेश नं. १ को कानुन निर्माण भईरहेकाले तपाईहरुको व्यापार व्यवसायलाई सुरक्षित र मर्यादित बनाई राख्न के कस्तो कानुन निर्माण गर्नु पर्ने हो सल्लाह सुझाब लिएर अघि बढ्नेछौं ।’ उनले भने ।

कार्यक्रममा बोल्दै बराहका अध्यक्ष शिब लामिछानेले बराहले ब्यवसायिक क्षेत्रमा काम गरेपनि सामाजिक उत्तरदायित्व नभुलेको बताए । उनले आगामी दिनमा बराहको सेवाहरु थप विस्तार गर्ने बताए ।

कार्यक्रममा बराहका शाखा प्रमुख मान बहादुर दियालीले देशको आर्थिक विकासमा उद्योगी ब्यवसायीको भूमिका महत्वपूर्ण रहेको औल्याउँदै बराहको अभियानमा सबैको सहभागिता र सहकार्य हुनुपर्ने जिकिर गरे ।

कार्यक्रममा डेढ दशक अघि देखि आर्थिक तथा धरानको विकाशमा कलम चलाएका तीन पत्रकारहरुलाई ईन्द्र बराह स्मृति पत्रकारिता पुरस्कार बाट सम्मानित गरिएकाे छ ।  अग्रज पत्रकार गिरिराज आचार्यलाई १५ हजार रुपैया सहित ईन्द्र बराह स्मृत पत्रकारिता पुरस्कार दिइयाे ।  नेपाल पत्रकार महासंघकी पूर्व केन्द्रिय सदस्य निलिफा सुब्बा र औजार दैनिकका कार्यकारी सम्पादक रणध्वज लोहारलाई जनही ११ हजार १ सय ११ रुपैयाको ईन्द्र बराह स्मृती प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा वर्षभरी बराहमा कारोबार गर्ने ग्राहक सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । बराह ज्वलेरीको ग्राहक सदस्यता कार्ड लिने १३ हजार ५ जना मध्ये एक भाग्यशाली ग्राहकलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरिएको थियो । १० हजार भन्दा बढी सामान खरिद गर्ने ग्राहकहरु मध्येबाट एक जना ग्राहकले सो पुरस्कार प्राप्त गरेका हुन् ।

यस्तै प्रा.ली.ले बराह डिर्पाटमेन्ट अन्तर्गत सर्वाधिक खरिदकर्ताको रुपमा अरुण भ्याली भेडेटारकी शान्ति श्रेष्ठलाई ३२ ईन्चको एलईडी टिभी प्रदान गरेको छ । बराहले उत्कृष्ट कार्य गरेको भन्दै ५ जना कर्मचारीलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरु फुलमाया राई, रोमी राई, सुरज वि.क, धनबहादुर सिंगौरे र रामकुमार बराईलीलाई गोल्ड मेडल र कदरपत्र प्रदान गरिएको थियो ।

प्रा.ली.ले धरान शाखाका अभिभावकहरु अम्बर बहादुर लिम्बु, गंगाप्रसाद रेग्मी, सुवित्रा राई र सोममाया लिम्बुलाई सम्मान गरेको छ । विगत दुई दशकदेखी अभिभावकको भुमिका निर्वाह गर्दै आएको भन्दै उनीहरुलाई सम्मान गरिएको प्रा.ली.का अध्यक्ष शिव लामिछानेले बताए ।

बराह ज्वलेरी अन्तर्गत यस आर्थिक वर्षमा सबैभन्दा बढी सुन खरिद गर्ने तिन जना ग्राहकलाई पनि सम्मान गरिएको छ । दमक झापाकी पार्वती लिम्बु, धरानकी देवी श्रेष्ठ र मधु श्रेष्ठलाई सर्वाधिक सुन खरिद गरेको भन्दै वार्षिकोत्सवमा गोल्ड मेडल, दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । पुरस्कृत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभामुख भण्डारी, बराहका अध्यक्ष शिव लामिछाने, शाखा प्रमुख मानबहादुर दियाली लगायत अतिथिहरुले सम्मान गरेका थिए ।

कार्यक्रममा जातीय मौलिक गरगहनाहरु समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा हास्य कलाकार विल्सन बिक्रम राई लगायत स्थानीय कलाकारहरुले सांगितिक मनोरञ्जन दिएका थिए ।

यस अघि विहान भानुचोकमा रक्तदान आयोजना गरिएको थियो । जसमा आठ सय ५० पिन्ट रक्त संकलन भएको थियो । रक्तदान कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले गरेकी थिइन् ।

धरानलाई रक्तदाताको शहरको रुपमा चिनाउन बराहले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गदै आएको छ । गत वर्ष साढे १२ सय पिन्ट रगत संकलन भएकोमा यस वर्ष साँढे ८ सय पिण्ट मात्र रगत संकलन भएको बराह ज्वलेरी प्रा.ली.का कर्मचारी हिम लिम्बुले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *