दिनेश र सिमा भण्डारीको तिज कोशेली “पाउजु बरिलै…”

भाद्र ५, काठमाडाैं । गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै…” बजारमा आएको छ । दिनेश थापा र सिमा भण्डारीको स्वरमा सजिएको यस गित दिनेश थापाकै संगित छ भने शब्द दिनेश थापा र सरोज लामिछानेको रहेको छ ।

रकेश वलीको संगित संयोजनमा तयार भएको यस गितको भिडियो बिक्रम चौहानले निर्देशन गरेका छन् । प्रकाश खड्काको छयांकन तथा मिलन विश्वकर्माको सम्पादनमा बनेको यस गितको भिडियोमा मोडल ऋतु तामाङ्ग र दिनेश थापाको नृत्य/अभिनय निकै जमेको देखिन्छ ।

गोर्खा चौतारी म्युजिक प्रा. लि. ले बजार ब्यवस्थापन गरेको यस गितमा उमेर पुगेकी दिदी र भाई बिचको ठट्टौली शब्द समेटिएको छ । अहिलेको जमानामा केटा आफै रोजे पनि बाबु–आमासँग सल्लाह नगरि भागेर नजाने गित मार्फत गायिका सिमाले भाईलाई बताएकी हुन ।

कार्यक्रम सञ्चालनमा उत्तिकै मृदुल भाषि र माहिर दिनेशले थुप्रै गित गायन र अभिनय गरेका छन् । बोलि नफेर, पानी मिठो कलकल, ए है लालि जोबन, पापिनिकै तस्विर बोल्याछ जस्ता अन्य गीत गाई सकेका दिनेश थापाले नायिका मेलिना मानन्धर, झरना थापा लगाएतका धेरै नायिका/मोडल सँग अभिनय गरि सकेका छन् ।

मेरो रुपैले पोखरामा, लचक्कै कम्मर, सुन्तला रस, बोलि नफेर, पानी मिठो, गोलि ठोक्नु पर्ने, साँझ परेसि रोधिमा, यो दशैको मेला, त्यो सुन्दर गाँउैमा, पिउँदा पिउदै जिवन, आधि गाग्रो छल्किन्छ जस्ता करिब पाँच दर्जन भन्दा बढि म्युजिक भिडियो अभिनय गरिसकेका थापाले काठे दोहोरी सालको पात टपरि दुनाबाट अझ बढि दर्शकको माया बटुलेका छन् ।

हेर्नुहाेस् म्युजिक भिडियाे

https://www.youtube.com/watch?v=VPfzJ37lksU”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =