ओरालो यात्रामा शेयर

काठमाडौँ, भदौ ५ । तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ४।१८ बिन्दुले घटेर एक हजार १८३।८९ बिन्दुमा पुगेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८३ बिन्दुले घटेर २४९.९२ बिन्दुमा झरेको छ । आज कूल १६१ कम्पनीको पाँच लाख ७० हजार १७३ कित्ता शेयर रु १७ करोड ९५ लाख ५८ हजार ९३० मा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज चार उपसमूहको शेयर कारोवार उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार २.९५, जलविद्युत् ०.५६, निर्जीवन बीमा ४।४७ र अन्य समूह १।४१ बिन्दुले बढेको छ ।

यस्तै बैकिङ ५.४१, होटल ८.७६, विकास बैङ्क ३.१८, वित्त २.९४, उत्पादन २२.८५, माइक्रो फाइनान्स १०.३३ र जीवन बीमा ०.५१ विन्दुले घटेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *