जग्गाधनीपुर्जा पाउनबाट वञ्चित छन् राजपुरका स्थानीय बासिन्दा


“
बर्दिया, भदौ ५ । पश्चिम नेपालको पुरानो बजार राजापुर नगरपालिकामा बसोबास गर्दै आएकाहरुले स्थानीय बसोबास भएको ७५ वर्ष भैसक्दा पनि स्थानीय जग्गाधनी पूर्जा पाउनबाट मानिसहरु वञ्चित भएका छन् ।
पूर्जा वितरण कायमै राख्न त्यससम्बन्धी समितिको म्याद थप्न गर्न उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।
तीन महिनाको म्याद थोरै भएका कारण जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेकाले म्याद थप्न आग्रह गरिएको अध्यक्ष कृष्णकुमार रेग्मीले बताउनुभयो । राजापुर नगरपालिकामा जग्गाधनी पूर्जा पाउनबाट २८० जना वञ्चित छन् ।
पचहत्तर वर्षदेखि राजापुर नगरपालिकामा बस्दैआएका ४३८ घरमध्ये १५८ ले जग्गा धनीपूर्जा पाए पनि बाँकी २८० जनाले पाएका छैनन् । अधिकारसम्पन्न बहाल बिटौरी समितिले गत माघदेखि चैतमा जग्गा धनीपूर्जा वितरण गरेको थियो ।
“
