प्रधानमन्त्रीलाई गगन थापाको सुझावः रमाइलो र रोइलो छोड्नुस्, गर्नुपर्ने काम गर्नुस्

काठमाडौँ, भदौ ५ । नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्रीलाई संघीयताको विरोध गर्न छुट नभएको बताएका छन् ।

मंगलबार संघीय संसदमा बोल्दै सांसद थापाले प्रधानमन्त्री नै संघीयता विरोधी भएका कारण संघीयतामाथि प्रश्न उठेको आरोप लगाए ।

संघीयता असफल भए प्रधानमन्त्री सफल नहुने दावी गर्दै थापाले भने, ‘प्रधानमन्त्रीको व्यवहार हेर्दा उहाँ संघीयता विरोधी देखिनुहुन्छ, संघीयताको असफलतासँगै त्यो प्रधानमन्त्रीको पनि असफलता हुन्छ । संघीयता असफल, प्रधानमन्त्री सफल बन्नुहुन्न,’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता समेत रहेका थापाले गर्नुपर्ने काम नगरी प्रदेशसभा डुलेर भाषण दिने र अन्तर्वार्तामा रोइलो गर्न छाड्न प्रधानमन्त्रीलाई सुझाव समेत दिएका छन् ।

‘म प्रधानमन्त्रीलाई आग्रह गर्छु,  प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस् । अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस् । गर्नु पर्ने काम गर्नुस्’ थापाले भने ।

संसद बैठकमा उनले धेरै कर उठाउने र बाँड्नेलाई सफल अर्थमन्त्री मान्ने मानक केन्द्र सरकारले बनाएको भन्दै उनले अब स्थानीय सरकारले के गर्छ भनेर प्रश्न तेर्साएका छन् ।

सांसद थापाले स्थानीय सरकार सञ्चालन ऐन बने पनि नियमावली नभएको भन्दै उनले नियमावली नहुँदा करमा समस्या देखिएको बताए। उनले नियमावली तत्काल ल्याउन पनि सुझाव दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =