देशमा अराजकता निम्त्याउन सरकार आफैं तल्लीनः कांग्रेस सांसद बडु

काठमाडौँ, भदौ ५ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रपूसाद बडुले संघियता कार्यान्वयन भएको एक वर्ष पुगिसक्दा पनि सरकारले स्थानीय र प्रान्तिय तहमा कर्मचारी परिचालन गर्न नसकेको प्रति आक्रोस ब्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद बडुले संघियता कार्यान्वयनमा सरकार कमजोर भएको भन्दै स्थानीय तहमा तत्काल कर्मचारी पठाउन सरकार समक्ष माग गरे ।

देशमा शुशासन कायम गर्न सरकार असफल भएको भन्दै सरकारको कार्यशैलीले शुशासन शब्द कै उपहास भएको बताए । ‘स्थानीय र प्रान्तिय तहमा कर्मचारी परिचालन गरिएको छैन, खटिएका कर्मचारी पनि एक महिनामा तीनतीन पटक सरुवा भइरहेका छन्, यसले शुशासन शब्द आफैमा उपहास भएको छ ।’ उनले भने ।

बडुले सिमित मात्रामा स्थानीय तहमा खटिएका कर्मचारीलाई सरकारमा रहेका पार्टी र कार्यकर्ताको सिफारिसमा सरुवा बढुवा गर्ने काम भइरहेको प्रति आक्रोसित बन्दै सरकारले कस्तो प्रकारको शुशासनको कल्पना गरेको हो ? भन्दै प्रश्न गरे ।

अहिले मन्त्रालयहरुमा इमान्दार कर्मचारीहरु निरिह भएर बस्नु परेको जिकिर गरे । ‘कर्मचारी सरुवा बढुवा सत्तापक्षीय पार्टी र नेता कार्यकर्ताको सुझाबका आधारमा गर्न थालिएको छ ।’ उनले संसदलाई अवगत गराए ।

साथै बडुले अराजकता निम्त्याउने र संघियतालाई बद्नाम गर्ने तथा उपहास गर्ने कार्यमा सरकार आफैं तल्लीन रहेको समेत आरोप लगाए । सरकार शुशासनको पक्षमा छैन, देशमा अराजकता निम्त्याउने काममा सरकार आफैं तल्लीन छ, यो अराजकता तत्काल रोकियोस ।’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =