के तपाईंलाई थाहा छ, तितेकरलाका फाइदाहरु ?
“
काठमाडौँ, भदौ ५ । तितेकरेलाको स्वाद तितो हुने भएकाले यसलाई मानिसहरु खान खासै रुचाउँदैनन् । तर यो मानव स्वास्थ्यको लागि निकै नै फाइदाजनक छ । यसका फाइदाहरु निम्नलिखित छन् ।
१) शरीरमा कफ जम्मा भएमा करेला निकै नै लाभदायक हुन्छ । यसमा पाइने फस्फोरसले शरीरको कफलाई बाहिर निकाल्न सघाउ पुर्याउँछ ।
२) करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।
३) करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खानु लाभदायक हुन्छ ।
४) दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु उपयुक्त हुन्छ ।
५) पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।
६) बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।
७) कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।
८) डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।
९) करेला खानाले रगत सफा बनाउनुका साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
१०) बाथ रोग र हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।
“