धरानमा कृषि उपज बजार र व्यवसायीबीच आरोप–प्रत्यारोप

धरान, भाद्र ५ । स्वदेशी भन्दा बढी बिदेशी सामग्रीको प्रयोग बढन थालेको र लागत बढे पनि कृषीजन्य वस्तुको मूल्य सम्बन्धित निकायले ठोस रुपमा निर्धारण गर्न नसक्दा पूर्वका कृषकहरु निराश बन्नुका साथै मारमा परेका छन् । यो वर्ष नेपालमा उत्पादन बढे पनि मूल्यमा आएको गिरावट र आफुले उत्पादन गरेभन्दा निकै कम दरमा आफना कृषी सामग्री बेच्नुपर्दा कृषक मारमा परेका हुन् ।

भारत, बगंलादेश, खर्साङ, भुटान लगायतका देशबाट आयात हुने सस्तो दरको कृषी सामग्रीका कारण धरान लगायतका नेपाली कृषकहरु आफना उत्पादनको मूल्य पाउन सकेका छैनन् । व्यवसायीहरुले भने भारत लगायतका राष्टहरुबाट कृषी जन्य सामग्री ल्याउने क्रम नरोकेकाले नेपाली कृषी सामग्रीले उचित मूल्य पाउन नसकेको बताएका छन् । भानु सब्जी तथा फलफुल ब्यवसायी समिति धरानले सोमबार पत्रकार सम्मेलन गरी यस्तो हुनुमा कृषी उपज बजार ब्यवस्थापन समिति धरानलाई दोषी देखाएको छ ।

समितीले धरान ९ स्थित संयुक्त ब्यापार एकता संघ लगायतका अन्य स्थानमा ब्यापार गर्दै आएका ब्यसायीहरुसँग कृषी बजार ब्यवस्थापन समितिले लगाउदै आएको दोहोरो सेवा करको बिरोध गर्दै यस्तो आरोप लगाएका हुन । कृषी बजारमा कृषीसँग सम्बन्धित स्टलहरु राख्नु पर्नेमा मिठाई, चिनी, चकलेट, पान पसलहरु राखिएको उनीहरुको आरोप छ ।

सम्मेलनमा समितीका अध्यक्ष हर्क प्रसाद तुम्रोक तथा सचिव राजेन्द्र दर्नालद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा कृषी उपज बजार समितिले पालिका बजारबाट बार्षिक रुपमा ५ देखी ७ लाख सम्म कर संकलन गर्दै आइरहेको बताइएको छ । समितिले थोक होलसेल बिक्री केन्द्रबाट खुल्लम खुल्ला खुद्रा बिक्रि गर्नु र कृषकहरुलाई बजारमा उत्पादीत बस्तु बिक्रि बितरण गर्न नदिई बिचौलियाहरुले एकाधिकार कायम गरेको, कृषी बजारको मनोपली र चरम लापरर्वाही गरेको आरोप लगाएको छ ।

कृषि ब्यापारीहरुले समितीले कृषी बजारमा ब्यक्ति हेरेर नियम लागु गर्ने गरेको गम्भीर आरोप लगाएका छन । धरान बाहिरबाट आउने खरिदकर्ताहरु समेतबाट सेवा शुल्कको नाममा असुली गरेको रकम समेत कहा खर्च हुन्छ भन्ने कुरा समेत लुकाइने गरेको उनीहरुको दावि छ । कृषी बजार तथा ब्यवसायीको एकाधिकार वा सिन्डीकेट प्रथा कायम रहँदा सम्म त्यसको भार स्थानीय उपभोक्तालाई पर्न गएको समितीको आरोप छ ।

भानुसब्जी तथा फलफुल ब्यवसायी समितिले आफुहरुसँग गत २०७५ साल भदौ २ गते छलफल हुँदा बिना निष्कर्ष बार्ता टुङिएकोले अब चरणबद्ध संर्घषका कार्यक्रम गर्ने बताएको छ । उता कृषी उपज बजार ब्यवस्थापन समितीका पदाधिकारीहरुले आफुहरुमाथि लगाईएको सबै आरोपहरु झुठा रहेको बताएका छन् । समितीका ब्यवस्थापक लक्ष्मण भट्टराईले गत २०६७ साल माघ २३ गते भानु सब्जी तथा फलफुल ब्यवसायी समिती बिच तत्कालीन समिति संयोजक काजी गीरीको संयोजकत्वमा समस्या समाधान समितीले कृषि जन्य बस्तुको दरभाउ निर्धारण गरेर अगाडी बढेको बताए ।

कृषी उपज र समिति विच हरियो सब्जीजन्य लगायतका बस्तुमा प्रति अदत रु २ लिने, सुख्खा सब्जीजन्य ६० केजी सम्म अदत रु २ र त्यो भन्दा माथि रु ३, दाल, तेलहन, दलहन, लसुन लगायतका बस्तुमा अदत कटटा भए रु २ र बोरा भए अदत रु ३ लिने, सुख्खा मसला जन्य बस्तुमा प्रति अदत ३ र प्रति भारी रु ५ लिने सहमति भएको थियो । यसैगरी सुख्खा बस्तुमा कुचो रुदाक्ष लगायतका समानमा प्रति अदत रु ३ र भारी भए प्रति भारी अदत रु ५, फुल बडी ट्रक भएमा रु १२५, ट्रयाक्टर, पिक अप भएमा रु १००, पावर ट्रिलर भएमा रु ७५, टेम्पो, टेक्सी, ठेला भएमा रु २० लिने निर्णय भएको जिकिर गरेको छ ।

भटटराईका अनुसार कोसी पहाडी जिल्लाहरुबाट आउने कृषी जन्य सामग्रीमा ५० बटा स्टल रहेकोमा कृषी सहकारी कप्तानगंज तथा बद्री मेहता आलु किसान ब्यापारी कप्तानगंजको मात्र कृषी स्टल राखिएको स्वीकार गरेका छन । भट्टराईले टेन्डर मार्फत २५ प्रतिशत कृषी स्टल राख्नुपर्ने नियम भएपनि टेन्डरमा किसानहरु नआएकोले पुनः दोश्रो पटक टेन्डर खुलाएर भाडामा दिइएको बताए । भट्टराईले भानु फलफुल ब्यवसायीसँग धरान उपमहानगरपालिकाको रोहवरमा छलफल गरी सहमती समेत गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *