प्रतिनिधिसभाको बैठक आजपनि बस्दै, केही विधेयक पेश गरिदै

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ५ । प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ । आजपनि सरकारले केही विधेयक पेश गर्दैछ । यसअघि दर्ता भएका विधेयकमा आज छलफल हुनेछ ।
सरकारले धमाधम मौलिकहकसँग सम्बन्धित विधेयक ल्याउन सुरु गरेको छ । हिजो दुई विधेयक दर्ता भएको संसद् सचिवालयले जनाएको छ । असोज ३ अघि नै मौलिकहकसँग सम्बन्धित विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भएकाले विधेयकमाथिको छलफल तिब्र गतिमा अघि बढेको छ ।
सरकारले गत साता मौलिक हकसँग सम्बन्धित १६ वटा विधेयक संसदमा छलफलका लागि पेस गर्ने निर्णय गरेको थियो । त्यसमध्ये प्रतिनिधिसभामा हालसम्म७ वटा विधेयक प्रस्तुत भइसकेका छन् । संसद्मा हाल २० वटा विधेयक विचाराधीन अवस्थामा छन् ।
संसदको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको प्रतिनिधिसभाले केहीथप विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने जनाइएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित