ग्लोबल टचकाे सेमिनार सम्पन्न ‘विद्यार्थीलाई अस्ट्रेलिया अध्ययनबारे जानकारी’


“
बिर्तामोड, भदाै ५ । ग्लोबल टच इन्टरनेसल एजुकेसन फाउन्डेसन प्रालिले सेमिनार सम्पन्न गरेको छ । बिर्तामोडस्थित ग्लोबल टच इन्टरनेसल एजुकेसन फाउन्डेसन प्रालिले हिजाे (सोमबार) अस्ट्रेलियन डल्लास भनफका साथ अस्ट्रेलिया अध्ययनबारे विद्यार्थीहरूमा बढेको चासो र त्यहाँको शैक्षिक अवस्थाबारे जानकारी गराउने उद्देश्यले सेमिनार गरेको जनाइएकाे छ ।
अस्ट्रेलियाको ब्रिजबेन, पारामट्टा र एडलाइडीमा सञ्चालित क्वीन्स फोर्ड कलेजका मार्केटिङ एसिस्टेन्ट डल्लासले ४० विद्यार्थीलाई अस्ट्रेलियनलाई नै उपस्थित गराएर परामर्श दिईएको ग्लोबल टचका सञ्चालक दिपक गौतमले बताए ।
विद्यार्थीलाई उच्च अध्ययनका सम्भावना, कठिनाइ र भविष्यको स्थायीत्वको विषयमा समेत महत्वपूर्ण सुझाव दिने अाफुहरूकाे चाहना रहेकाे उनले बताए । कतिपय विद्यार्थी नबुझेरै अस्ट्रेलिया जाँदा विभिन्न समस्यामा परेकाे देख्नमा अाएकाे र त्यहाँको परिस्थिति, पढाइ र वातावरण, र कमाइका बारेमा स्पष्ट जानकारी दिने उद्देश्यले सेमिनारको आयोजना गर्दै आएकाे उनकाे भनाई छ ।
“
