नुनदेखि सुनसम्म, गरा देखि कलासम्मकाे २४ वर्षे यात्रा:

ब्यवसायीक सँगै सामाजिक भावनाले सुरु गरिएको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. २४ औं वर्षमा प्रवेश गरेको छ । २४ वर्षअघि सुनसरीको धरानबाट ब्यवसायीक यात्रा सुरु भएको बराह हाल देश देखि विदेशसम्म विस्तारीत छ ।

बराहले देशका प्रमुख ब्यापारीक शहर धरान, काठमाडौं, पोखरा, चितवनबाट समेत सेवा प्रदान गर्दै आइरहेको छ भने, विदेशमा हङकङ, बेलायत र पछिल्लो समय युएइबाट समेत सेवा प्रवाह गरेर आफुलाई अन्तराष्ट्रिय तहमा ब्राण्डिङ गर्न सफल भएको छ । ‘बराहले आफ्नो २४ औं वार्षिकोत्सव समारोह भब्यताका साथ मनाउन गइरहेको अवस्थामा यसले आफ्ना सेवाहरुलाई फराकिलो मात्र बनाएको छैन, स्वदेश देखि विदेशमा आफ्ना ग्राहक र शुभचिन्तकको माया तथा साथ पाएको छ ।’ बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. धरानका शाखा प्रमुख मानबहादुर दियाली भन्छन् ।

२४ वर्ष अगाडी सामान्य सुन पसलबाट शुरु भएको बराह अहिले डिपोर्टमेन्ट स्टोर, बराह ट्राभस एण्ड टुर्स, बराह ज्वलेरी, न्यू बराह ज्वलेरी, कृषि उपज तथा पशु पालन प्रा.लि, बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएको छ ।
त्यस्तै काठमाडौंमा अभिमत ऋण तथा सहकारी संस्थाबाट समेत ग्राहकलाई सेवा प्रदान गदै आएको छ ।

  स्व. इन्द्र बहादुर लामिछानेको सपना

बराहले ब्यवसायीक क्षेत्रमा जसरी सफलता प्राप्त गरेको छ, त्यो सफलता त्यत्ति सजिलै प्राप्त गरेको हैन । सामान्य सुन पसलबाट ब्यापार सुरु गरेको बराह अहिले वार्षिक अरबौंको कारोबार गर्न सफल हुनुमा यसका जन्मदाता स्वर्गिय इन्द्रबहादुर लामिछानेको ठूलो योगदान रहेको छ । केहि वर्ष अघि ब्यवसायीक कामको सिलसिलामा हङकङ गएको अवस्थामा अप्रत्यासित रुपमा निधन भएका स्व. लामिछानेको कूशल नेतृत्व र दुरदर्शी भावनाले बराह यहाँसम्म आएको हो ।

उनले स्वदेशी हस्तकलाका गरगहनालाई अन्तराष्ट्रियकरण गरेर ब्यवसायीकरण गर्ने अभियाननै चलाएका थिए । देश आन्तरिक द्वन्द्वमा जकडिएको बेला स्वदेशी उद्योग कलकारखाना धमाधम बन्द भइरहेको अवस्थामा लामिछानेको कुशल नेतृत्वले बराह भने स्वदेशबाट विदेशमा समेत स्थापना हुन सक्यो । उनलाई राष्ट्रले समेत कूशल ब्यवसायीका रुपमा सम्झिएको छ ।

साँढे चार हजारलाई रोजगारी

दैनिक १५ सय युवाहरु स्वदेशमा रोजगारी नपाईरहेको भन्दै विदेश पलायन भएको अवस्थामा बराहले दक्ष युवा जनशक्तिलाई स्वदेशमै आत्मनिर्भर हुन प्रेरित गरेको छ ।

अहिले बराहले स्वदेशमा मात्र चार हजार छ सयको हाराहारीमा युवायवतीलाई रोजगार दिएको शाखा प्रमुख दियालीको भनाई छ । ‘देशमा रहेका दक्ष युवा जनशक्तिलाई स्वरोजगार हुनका लागि बराहले विभिन्न माध्यमबाट लगानी गर्दै आएको छ, यसका लागि सहकारीमार्फत तरकारी खेती, च्याउ खेती, पशुपालन पालन, माछा पालन, दुग्ध ब्यवसाय, घरेलु हस्तकलाका उत्पादन जस्ता पेशामा आश्रीत वर्ग र समुदायलाई सस्तो ब्याजदरमा ऋण प्रवाह गरेको छ ।’ दियाली भन्छन् ।

बराहको कृषि फर्ममा ८० जना भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएका छन् । बराह ज्वेलरी देखि डिपार्टमेन्ट स्टोर, कृषि, पशुपालन, यातायात लगायत सबै क्षेत्रमा साँढे चार सयले रोजगारी पाइरेपछि त्यत्ति नै मात्रामा अप्रत्यक्ष रोजगारी पाउनेहरुको संख्या बढ्दो छ । युवाहरुलाई उद्यमशिलता र आत्मनिर्भरता तर्फ अग्रसर गराउन बराहले चालेका पाइलाहरु अनुकरणीय रहेका छन् ।

विस्वासको प्रतिकः बराह ज्वेलरी

बराह ज्वेलरीले निर्माण गरेका गरगहना स्वदेश देखि विदेशसम्म ब्राण्डिङ भएका छन् । बराहमा शुद्ध सुन चाँदीबाट निर्माण गरिएका परम्परागत गरगहनाले अन्तराष्ट्रिय आइएसओ मान्यता प्राप्त भएकाले स्वदेश देखि विदेशसम्मका उपभोक्ताको मन जित्न सफल भएको छ । बराहमा निर्माण भएका ६० प्रतिशत गरगहना विदेश निर्यात हुने गरेको सञ्चालकहरुको दावि छ । बराहले ललितपुरको पाटनमा परम्परागत तथा आधुनिक गरगहना निर्माण गर्न आफ्नै उद्योगको स्थापना गरेको छ, जहाँ दर्जनौं युवाहरुले रोजगारीसमेत पाएका छन् ।

सामाजिक क्षेत्रमा बराहको योगदान
बराहले २४ वर्षको यात्रासम्म सफलता हात पार्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्षेत्रको कुरा गर्ने हो भने, सामाजिक क्षेत्रको पहिलो नम्बरमा आउँदछ । कूल नाफाको १० प्रतिशत भन्दा बढि सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बराहले सामाजिक, आर्थिक, सांस्कृतिक रुपले पछाडी पारिएका/परेका समुदायको उत्थानका लागि ठूलो योगदान पुर्याउँदै आएको छ ।

सामाजिक विकासमा विभिन्न संघसंघ संस्थाहरुको सहकार्यमा होस् वा एकल लगानीमा बराहले असंख्य सामाजिक काम गरेको छ, जसलाई यो राष्ट्रले समेत सम्मान गरेको छ । विद्यालय निर्माण, खानेपानी योजना निर्माण, दलित अल्पसंख्यक समुदायको उत्थानको अभियान, सामाजिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र विस्तारको अभियानले यसको गरिमालाई अझ उजागर गरेको छ ।

पूर्वको पर्यटकीय क्षेत्रको विस्तार र विकासमा बराहले गरेको योगदान अविस्मरणीय छ । धनकुटाको भेडेटार स्थित पाथीभरा मन्दिरको विस्तार, धरानको तीनकुने स्थित चारकोषे जंगलमा निर्माण गरिएको इन्द्रेश्वर महादेव मन्दिरको निर्माणले यो क्षेत्रको धार्मिक पर्यटन प्रर्वद्घनका लागि नयाँ आयाम थपिदिएको छ ।

खेलकूद क्षेत्रमा योगदान

यसैगरी धरानको खेलकूद क्षेत्रलाई ब्यवसायीकरण गर्न तथा खेलाडीलाई प्रोत्साहन गर्न समेत बराहले योगदान पुर्याएकाे छ । गल्फ खेलको विकासका लागि बराहका संस्थापक स्व. इन्द्र बहादुर लामिछानेको सम्झनामा हरेक वर्ष धरानमा इन्द्र बराह स्मृति एम्येच्योर गल्फ प्रतियोगिता नै सञ्चालन गर्ने गरेको छ भने, स्थानीय स्तरमा हुने विभिन्न खेलकूद गतिविधिहरुमा समेत बराहले आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दै आइरहेको छ ।

रक्तदान कार्यक्रमः जो अभियान भएको छ

सामाजिक क्षेत्रको कुरा गर्दा बराहले गरेको सबैभन्दा महत्वपूर्ण काम रक्तदानलाई देशकै लागि अनुकरणीय रहेको छ । हरेक वर्ष वार्षिकोत्सवको अवसरमा बराहले आफ्ना हरेक शाखाहरुमा बृहद् रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दछ । सुनसरीको धरानमा हुुने बराहको किर्तिमानी रक्तदानमा हज्जारौं युवाहरुको सहभागिता हुने गरेको छ । बराहको रक्तदानले धरानमा आम मानिसलाई रक्तदान गर्नुपर्दछ भनेर प्रोत्साहन समेत गरेको छ ।

पत्रकारिता क्षेत्रमा बराहको योगदान

पूर्वाञ्चलको पत्रकारिता क्षेत्रको कुरा गर्दा धरान उर्वरभूमि हो । धरानको पत्रकारितालाई ब्यवसायीकरण गर्न बराहले योगदान दिएको छ । नेपाल पत्रकार महासंघको भवन निर्माण गर्नदेखि लिएर पत्रकारिता क्षेत्रबाट राष्ट्र र समाजलाई उल्लेखनीय योगदान पुर्याउँदै आएका जिल्लाका उत्कृष्ट सञ्चारकर्मीहरुलाई समेत बराहले हरेक वर्ष पुरस्कृत र सम्मानीत गर्दै आइरहेको छ ।

गीत संगित क्षेत्रमा बराहको योगदान

गायक शिव लामिछानेलाई नेपाली सांगितिक क्षेत्रमा नचिन्ने कमै होलान् । नेपाली सांगितिक क्षेत्रमा द अर्थ ब्याण्ड मार्फत पाइला चालेका शिवले गीत संगित क्षेत्रको विकास र विस्तारमा ठूलो योगदान दिएका छन् । उनले राजधानीमा कृपा दृश्य डिजिटल स्टुडियो नै सञ्चालनमा ल्याएका छन् भने, कृपा फाउण्डेशन समेत चलाएका छन् ।

  आफ्ना स्वर्गिय बुबा इन्द्रबहादुर लामिछानेले छाडेर गएको बराहको अभियानलाई सार्थक बनाउन लागि परेका शिबका कतिपय गीतहरु अहिलेपनि युवाहरुमाझ लोकप्रिय छन् । गीत संगित क्षेत्रमा समर्पित ब्यक्तित्वलाई सम्मान गर्न होस् वा नयाँ पुस्तालाई प्रोत्साहन गर्न गायक शिबले चालेका पाइला साँच्चिकै प्रेरणादायी छ ।

बराहलाई नुनदेखि सुनसम्म नेपाल देखि विदेशसम्मको बनाउन स्व. लामिछानेले जुन परिकल्पना गरे, मेहनत गरे त्यसलाई सार्थक बनाउन त्यहाँका ब्यवस्थापक, कर्मचारीको मेहनत र इमान्दारिता उत्तिकै महत्वपूर्ण छ । स्व. लामिछानेको परिकल्पनालाई मूर्तरुप दिन बराहका टीमले साथ सहयोग र हौसला नदिएको भए आज बराह लाखौं उपभोक्ताको मन मस्तिस्कमा बस्न सक्ने थिएन ।

एक जना ब्यक्तिबाट सुरु गरेको ब्यवसाय स्वदेशदेखि विदेशमा समेत रहेका लाखौं नेपाली उपभोक्ता माझ पुग्न सक्ने थिएन । तसर्थ एउटा कोठाबाट सुरु भएको बराह आज देश विदेशसम्म पुग्न सक्नुमा त्यहाँ कार्यरत इमान्दार, मेहनती र लगनशील कर्मचारीकाे ठूलो देन छ । संगै ती मेहनती कर्मचारीलाई कूशलतापूर्वक चलायमान गराउन सक्ने ब्यवस्थापकको भूमिका महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *