फेरीपनि चितवन राष्ट्रिय निकुञ्जमा गर्भिणी गैँडा मृत फेला

मनोज अर्याल, साउन ११ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गर्भिणी रहेको गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको दुधौरा पोस्ट र दुमरी पोस्टको बिच राप्ती नदीको किनारमा गएको शुाक्रबार गैँडा भेटिएको निकुञ्जले जनाएको छ ।

चितवन राष्टिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बच्चा जन्माउन नसकेर गैँडा मरेको बताउनुभयो । झन्डै ५ वर्षको गैँडाको पोस्टमार्टम पछि भाले बच्चा निकालिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्ष विभिन्न कारणले २५ वटा गैँडा मरेका छन् । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारी अनुसार २१ वटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि चारवटा गैँडा भने मानवय कारणले मरेको हो ।

अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैँडा मध्य एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *