काठमाडौँमा पेस्तोल र चार राउण्ड गोली सहित ७ जना पक्राउ

काठमाडौं , भदौ ४। महानगरीय प्रहरी परिसरले काठमाडौँको तीनकुनेबाट पेस्तोल र चार राउण्ड गोलीसहित सात जनालाई पक्राउ गरेको छ ।
जानकारीको आधारमा परिसरले एवान रेष्ट्रुरेन्टबाट सोमबार दिउँसो पक्राउ गरेको हो ।

बिमस्टेक सम्मेलनका लागि प्रहरीले कडा सुरक्षा दिएको भनिए पनि टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार पक्राउ परेकाहरु गुण्डागर्दीमा संलग्न छन् । प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । परिसरले थप अनुसन्धान बढाइरहेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।

आइतबार २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *