भारतीय प्रहरीको अत्याचार बढ्दै, सरकार उदासीन

विष्णु जोशी, कञ्चंनपुर । भारतीय पुलिसले नेपाली कामदारबाट घुस लिदै गरेको भिडियो सामाजिक संञ्जाल र मिडियामा भाईरल भएको एक महिना नवित्दै कञ्चनपुरको गड्डाचौकीसँगको सीमामा जोडिएको भारतीय शारदा वैरेग वनवासामा भारतीय पुलिसहरुले लुट कार्यलाई तीव्रता दिएको छन् । प्राय जसो भारतबाट नेपाल फर्किने नेपालीहरू सिमानामा लुटिने भए पनि हिजो आज उक्त क्रम निकै बढेको छ ।

आजमात्र भारतबाट घर फर्किरहेका सुर्खेतका भोजराजलाई भारतीय प्रहरीले चेकजाचको नाममा पैसा र अन्य सामानहरू लुटपाट गर्नुका साथैे कुटपिट समेत गरेका छन् । भारतीय प्रहरी नरेश कोहलीको टोलीले आफूसँग रहेको पैसा लिनुका साथै कुटपिट गरेको पीडित भोजराजले बताउनु भयो ।

उनले भारतीय प्रहरी कोहली लगायत पुलिस टिम माथि कार्बाहिको माग गर्दै उत्तराखण्ड प्रहरी प्रमुखको कार्यालय देहरादुनमा निवेदन दर्ता गरेका छन् । यस क्षेत्रमा पटकपटक यस्ता घटना घटिरहेपनि सीमा सुरक्षामा खटिएका नेपाल प्रहरी प्रशासन चुप लागेर बस्ने गरेको पाइएको छ । सरकारले यस विषयमा कुनै किसिमको एेन नियमहरू लागू नगर्दा भारतमा काम गरेर नेपाल फर्कीने कामदारहरुले निकै सास्ती खेप्नु परेको देखिएको छ ।

पहिले पहिले १० रुपैयाले मानी हाल्थे अहिले आएर १०० रुपया नदिए कुटपिट गर्ने धम्की समेत दिन्छन । ५००/ २००० का नोट नेपाल लैजान नपाईने भारत सरकारको कानुन छ भन्दै भेटिएमा पुरै पैसा जफत गर्ने धम्की दिने गरेको भारतबाट साइकलमा समान बोक्ने महिलाहरूको भनाई रहेको छ । सीमा सुरक्षाका लागि बसेका सुरक्षा कर्मिहरु पनि यसप्रति जिम्मेवारी नभएका कारण पनि यी समस्या घट्नुको साटो दिन प्रति दिन बढेको प्रवासी नेपालीहरूको बुझाई रहेको छ ।यस प्रति स्थानीय जन प्रतिनिधिहरू र सरकार चनाखो हुनु जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *