कृषि अनुसन्धान परिषद्को पुनः संरचना गरिँदै

लुम्ले, भदौ ५ । कृषि अनुसन्धान परिषद् नार्कको पुन: संरचनाका लागि छलफल सुरु भएको छ । गत वर्ष असोजमा गठन भएको कार्यदलले तयार गरेको मस्यौदा अनुसारनै नार्कको नयाँ संरचना बनाउन लागिएको हो ।

यस्तै गत असारमा पनि संसोधन मस्यौदा तयार गर्न समिति गठन गरिएको थियो । २७ वर्ष पहिले स्थापना भएको नार्कलाई नयाँ संरचनामा लैजान लागिएको हो ।

मंगलबारसम्म चल्ने छलफलले कस्तो संरचनामा जाने भन्ने टुंगो लगाउने छ । छलफलमा कृषि तथा पशु पन्छी विकास मन्त्री, राज्य मन्त्री, गण्डगी प्रदेशका कृषि मन्त्री, कृषि वैज्ञानिकहरू लगायत सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *