कालिमाटीमा विभागको अनुगमन, उपत्यका बाहिरबाट आएका दुई वटा ट्रक नियन्त्रणमा
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौँ, भदौ ४ । कालीमाटीमा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार बिहान अनुगमनका क्रममा दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
बिलबिजक लगायतका कागजात नभेटिएका कारण उपत्यका बाहिरबाट फर्सी र काक्रो लिएर आएका दुई अनुगमन टोलीले नियन्त्रणमा लिएको हो ।
विभागको टोली सोमबार बिहान करिब ३ बजेको समयमा पसल तथा सवारीहरुको अनुगमनका लागि कालिमाटी पुगेको थियो उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
केन्द्रीय अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले बिलबिजक बिनै सामान ल्याएका दुई ट्रकलाई नियन्त्रणमा लिएको जानकारी दिए । तिमिल्सिनाका अनुसार, गाडी नियन्त्रणमा राखेर यसबारे अनुसन्धान भइरहेको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित