आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य


“
काठमाडौँ, भदौ ४ । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ ।
हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ ।
नयाँ मुल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्नेछ ।
यो पटक मूल्य नबढाउँदा निगमलाई महिनामै ६० करोड घाटा हुने अवस्था थियो । निगमलाई यो मूल्य समायोजनपछि पनि महिनामा १४ करोड ४२ लाख घाटा हुने जनाइएको छ ।
बाह्य उडानका लागि १.०७५ डलर प्रतिलिटरबाट १.१२५ रुपैयाँ प्रतिलिटर पुगेको छ। गत वर्षको यही अवधिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा ७० प्रतिशतले बृद्धि भएको निगमद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। स्वचालिक मूल्य प्रणालीअनुसार इन्डियल आयल कर्पाेरेशनले मूल्यबृद्धि गरेकाले मुल्य समायोजन गरिएको निमगले जनाएको छ
“
