पहिलो हाफमा पाकिस्तानविरुद्ध नेपालको अग्रता, १–० ले पाकिस्तान पछाडि
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ ३ । १८ औं एसियाली खेलकुद–एसियाडअन्तर्गत पुरुष फुटबलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ ।
पहिलो हाफको समाप्तीमा नेपालले पाकिस्तानसँग १–० ले अग्रता लिएको हो । नेपालका रोहित चन्दले १२ औं मिनेटमा गोल गरी नेपाललाई अग्रता दिलाएका हुन् । नेपालले एसियाड फुटबलमा ३६ वर्षपछि गोल गरेको हो।
समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले अहिले पाकिस्तानसँग खेल्दै छ।
नेपालले अघिल्ला दुई खेलमा जापानसँग १–० र भियतनामसँग २–० गोलले पराजित भएपछि एक खेल खेल्नुअगावै बाहिरिने निश्चित भएको थियो । पहिलो खेलमा भियतनामसँग ३–०गोलले पराजित भएको पाकिस्तान दोस्रो खेलमा जापानसँग ४–० ले निराश भएको थियो।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित