भारतीय च्याउ बन्द गर्न माग गर्दै किसानहरु संघर्षमा

भक्तपुर, भदौ ३ । भारतीय च्याउ बन्द गर्न माग गर्दै च्याउ उत्पादक किसान संघर्ष समिति आन्दोलनमा उत्रिएको छ ।

नेपाली च्याउ उत्पादनलाई प्रविधियुक्त बनाउन नसक्दा व्यवसायिक रुपमा ४० भन्दा बढि जिल्लामा च्याउ उत्पादनमा लागेका झन्डै पचास हजार नेपालीलाई सरकारले बेरोजगारतर्फ धकेल्न थालेको आरोप लगाउँदै च्याउ उत्पादक किसान संघर्ष समिति आन्दोलनमा उत्रिएको हो ।

सघर्षको कार्यक्रम अन्र्तगत आज कालिमाटीमा कोणसभाका साथै बल्खु तरकारी बजारमा भारतबाट आयात गरिएको बैद्य अबैधच्याउ किसानहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

भक्तपुरमा आयोजित पत्रकार सम्मेलमा च्याउन किसान उत्पादन संघर्ष समितिका संयोजक प्रेम नारायण अधिकारीले आन्दोलनमा उत्रनुपरेको बताएका छन् ।

नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि भारतबाट च्याउ आयतलाई प्रोत्साहन दिएर नेपाली उत्पादनलाई निरुत्साहित गरेको उनको आरोप छ ।

सरकार समक्ष च्याउ उत्पादन किसान संघर्ष समितिले राखेको १९ बुँदे मागपत्रलाई सरकारले सम्बोधन गरेर नेपालमा उत्पादन हुने च्याउको संरक्षण र प्रवद्र्धनको भूमिका खेल्दै बजार ब्यवस्थापनमा लाग्नु पर्नेमा उनले जोड दिए ।

संघर्ष समितिका सदस्य सचिब शनिस लागेजुले नेपालमा उत्पादन हुने च्याउलाई भन्दा पनि भारतबाट बैद्य अवैद्य रुपमा भित्रने झन्डै १ लाख मेट्रिक टन च्याउको बजारलाई रोक्न नसक्दा नेपाली च्याउ बजार प्रभावित बनेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *