पशुपति परिसरमा चरम लापरबाहीः करेन्ट लागेर वृद्धको ज्यान गयो !

काठमाडौँ, भदौ ३ । पशुपति क्षेत्रस्थित रहेको बेञ्चमा बस्दा एक जनाको मृत्यु भएको छ । पशुपति क्षेत्रभित्र रहेको स्टिलको बेञ्चमा जोडिएको विद्युतीय तारबाट करेन्ट लागेर काठमाडौँ महानगरपालिकाका ९७ वर्षीय पुष्प गन्धर्वको मृत्यु भएको हो ।

हशनिबार राति ८ बजेको समयमा गाइडको काम गर्ने गन्धर्व काम सकेर आराम गर्न बसेको बेला करेन्ट भएको प्रहरीले जनाएको छ ।

पीडितपक्षले प्रहरी वृत्त गौशालामा कोषविरुद्ध उजुरीसमेत दर्ता गराउँदै कोषले जथाभावी करेन्ट जोडेर लापरवाही गरी गन्धर्वको मृत्यु भएको भनि दोषीलाई कारबाही र क्षतिपुर्तिको समेत माग गरी स्थानीयले जयवागेश्वरी क्षेत्रमा विरोध प्रर्दशन गरी केही समय सडक अवरोध समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *