१८ औँ एसियाडः पाकिस्तानलाई हराउँदै नेपाल ब्याडमिन्टनको पुरुष टिम क्वाटरफाइनलमा

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ३ । इन्डोनेसियामा जारी १८ औँ एसियाड अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम पाकिस्तानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो चरणको खेलमा पाकिस्तानलाई ३–१ ले पराजित गर्दै नेपालले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
प्रतिस्पर्धाको क्वाटरफाइनलमा नेपालले अब चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको पुरुष टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नवीन श्रेष्ठ थिए ।
अहिले नेपालले ब्याडमिन्टनको महिला टिम प्रतिस्पर्धाको पहिलो चरणमा माल्दिभ्ससँग खेलिरहेको छ ।
यसैगरी आइतबार नै भएको तेक्वान्दोको महिला टिम पुम्सेतर्फ नेपाली टोली चाइनिज ताइपेईसँग पराजित भएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित